६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

पूर्व सचिव उपाध्याय हिरासतमुक्त भएपनि सुध्रिएनन्, फेरि पनि भ्रम फैलाउन व्यस्त

१५ वैशाख, काठमाडाैँ । सामाजिक सञ्जाल मार्फत गाली बेइजती र भ्रम फैलाउन कीर्तिमानी कायम गरेर प्रहरी खोर (हिरासत)मा पुगेका पूर्व सचिव भीम उपाध्यय २५ हजार धराैटी तिरेर बाहिर निस्किएपछि पुनः भ्रम फैलाउने कामको अग्रमोर्चामा जोडिएका छन । सामाजिक सञ्जालमा भ्रम फैलाएर साइबर अपराध गरेको अभियोगमा परी जिल्ला अदालत काठमाडौंले आदेशमा २५ हजार धराैटी तिरेर छुटेका उनी भ्रम फैलाउन सक्रिए भएका हुन ।

प्रधानमन्त्रीले मध्यरातमा श्रमिकका नाममा सिर्जना गरेको कविता तोडमोड गरेर समाजिक सञ्जालमा हालेर उल्टै प्रधानमन्त्रीविरूद्ध बाैद्धिक चोर भन्दै उनी सामाजिक सञ्जालमा कुण्ठा पोखिरहेका छन । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चरित्र हत्या गर्ने गरी फेसबुकको स्टाटस संशाोधन गरेर बैद्धिक चोरीको भ्रम फैलाइरहेका छन ।

यस सम्बन्धमा पत्रकार उमेश श्रेष्ठले माइसंसारमा फ्याक्ट चेक गरेर उपाध्यायहरूले लगाइरहेको बाैद्धिक चोरीको अारोप झुटो रहेको प्रमाणित गरिसकेका छन । उपाध्याय माथि साबइर अपराधमा ५ वर्ष कैद सजाय माग गरिएको छ । उनको मुद्दा अदालतमा विचाराधिन अवस्थामै रहेको छ ।

प्रकाशित मिति : May 2, 2020 at 8:37 am