११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

श्रमिकका नाममा प्रधानमन्त्री ओलीको कविताः अब आँशु खसाउनु पर्दैन

-केपी शर्मा ओली

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।

०००
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची(काली पहाड(तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।
०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन ।
-मे १, २०२०
बिहान २ः३० बजे

प्रकाशित मिति : May 1, 2020 at 6:33 pm