७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सिन्धुलीमा चट्याङ लागेर १ जनाकाे मृत्यु

१९ वैशाख, सिन्धुली । यहाँको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको हो ।

फाइल तस्वीर

आफ्नै पानीघट्टमा बुबालाई खाना पुर्याएर फर्केने क्रममा पानीसँगै परेको चट्याङको तरङ्ग लागि घाइते भइ उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी झनझनेका प्रहरी हबल्दार उमा घलानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 1, 2020 at 4:00 pm