२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

राहत वितरणमा व्यस्त सङ्गीतकर्मीहरू

१९ वैशाख, काठमाडौँ । कलाकारहरुको छाता सङ्गठन राष्ट्रिय सङ्गीतकर्मी सङ्घले कोरोना भाइरसको जोखिमका कारण खाद्यान्न सङ्कट भएका मजदुर, न्यून दृष्टियुक्त र अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरेको छ । सङ्घले ७०० बोरा चामल, ७०० केजी दाल, ७०० प्याकेट नुन र ७०० लिटर तेललगायत खाद्यान्न सामग्री उपत्यकाका चेपाङ बस्तीसहित विभिन्न स्थानका तीन हजारभन्दा बढी त्यस्ता व्यक्तिलाई वितरण गरेको सङ्घका उपाध्यक्ष अमृत खातीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घले शुरुमा चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री कार्यसमितिमा रहेका पदाधिकारीबाट व्यवस्थापन गर्दै आएको र पछि यहाँका समाजसेवी र विदेशमा बस्ने नेपालीको सहयोगबाट पनि राहत जुटाएर वितरण गरेको हो ।” उपाध्यक्ष खातीले विपद्मा भोको पेटमा केही राहत दिन पाउँदा हामी गौरवान्वित छौँ, सरकारलाई सहयोग गर्न हामी पनि साथमा छौँ भन्नुभयो । राष्ट्रिय सङ्गीतकर्मी सङ्का अध्यक्ष राजेन्द्र कार्कीले तीन समूह बनाएर दैनिक राहत वितरण गर्दै आएको बताउनुभयो ।

प्रकाशित मिति : May 1, 2020 at 2:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/