चिनियाँ राजदूत यान्छी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
१९ वैशाख, काठमाडाैँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् । अध्यक्ष प्रचण्डलाई भेट्न यान्छी बिहान ७ बजे खुमलटार पुगेकी थिइन । प्रचण्डसँग यान्छीले झण्डै डेढ घण्टा कुराकानी गरिन ।

प्रचण्डसँगको भेटमा उनले पछिल्लो समय नेपालमा भइरहेको राजनीतिक परिस्थितिबारेमा चासो राखेको बताइएको छ । उनले नेपालको कोरोना भाइरसको संक्रमण रोकथामका लागि चिनियाँ सहयोग रहने बताएकी थिइन् । प्रचण्डलाई भेटेपछि यान्छी अर्का बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेकी थिइन् ।
यसअघि यान्छीले बिहीबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेकी थिइन् । प्रधानमन्त्रीसँगकाे भेटमा नेपालको राजनीतिक परिस्थिति र कोरोना भाइरस रोकथामका विषयमा नेपाल सरकारले गरेको कामका बारेमा छलफल गरेकी थिइन । प्रधानमन्त्रीलाई भेट्न यान्छी बेलुका ८ बजे बालुवाटर पुगेकी थिइन् । राजदूत यान्छी र प्रधानमन्त्री ओलीबीच झण्डै २ घण्टा कुराकानी भएको थियो ।
प्रकाशित मिति : 12:59









