५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

वृद्धभत्ता चोरी गर्ने १ जना पक्राउ

१८ वैशाख, कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षावापतको रु १२ हजार चोरी गरी फरार थिए ।

फाइल फाेटाे

मियाँले पैसा चोरेको चन्द्रौटास्थित गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । मियाँ यही वैशाख १४ गते रकम चोरेर फरार भएका थिए । अभियुक्तलाई वडा प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : April 30, 2020 at 12:13 pm