५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

राहत वितरणमा विवाद, वडाध्यक्षमाथि हातपात

१८ वैशाख, डोटी । राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् । वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिनुभयो । यसबारे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भन्नुभयो, “वडाअध्यक्ष राहत वितरण गरिरहेका थिए, एक्कासी आएर केही व्यक्तिले उहाँमाथि हातपातसहित कुटपिट गरेका रहेछन्, यसको छानबिन गर्न थालेका छौँ ।”

प्रकाशित मिति : April 30, 2020 at 10:34 am