नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू
१७ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवलाय बैठक सुरू भएकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरू भएकाे प्रधानमन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो ।
पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्न बैठक बसेको हो । सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकोलगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको छ ।
प्रकाशित मिति : 18:04







