१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेकपाभित्रकाे विवाद समाधानका लागि मन्त्री भूसालका तीन सुझाव

१७ वैशाख, काठमाडौँ । कृषि मन्त्री एवं नेकपाका नेता घनश्याम भूसालले पार्टीमा देखिएको समस्या समाधान गर्न तीन–बुँदे उपाय सुझाएका छन् । भुसालले सामाजिक संजाल फेसबुकमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै तीन बुँदै सुझाव दिएका हुन् ।

‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो,’ नेकपाका स्थायी समिति सदस्य समेत रहेका भूसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६४ र ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो। र विभाजनको प्रक्रियामा गयो।’

उनले भनेका छन्, ‘समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ। पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न पहिलो-नहडबडाउँ, दोस्रो-संवाद गरौं र तेस्रो- संस्थागत प्रणालीभित्रै समाधान खोजौं । मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’

प्रकाशित मिति : 17:15