प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प माधव नेपाल हुनसक्दैनन्ः नेता साह
१७ वैशाख, काठमाडाैँ । अहिले सरकार ढाल्ने र पार्टी फुटाउने खेलमा लाग्न हुँदैन भन्ने मध्येका एक जना नेकपा नेता प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प माधव नेपाल हुन नसक्ने बताएका छन । उनले शीर्ष नेताले द्धन्द्ध छाडेर पार्टी एकता रोज्नुपर्ने बताए । उनले केही अवसरवादीहरु अस्थिरता पैदा गरेर द्वन्द सिर्जना गर्दै आफ्नो स्वार्थ पूर्ति गारउन उद्धत रहेको भन्दै सबै सजग हुनुपर्ने बताए ।

नेता साहले ओलीको विकल्प प्रचण्ड बाहेक अरू हुन नसक्ने बताए । नेता साहले खकोरोना भाइरस (कोभिड-१८) को महामारीको कारण देशले ठूलो आर्थिक समस्या उत्पन्न भैरहेको अवस्थामा देशलाई अस्थिरतातर्फ लैजाने कामहरू नेकपाले गर्न नहुने बताएका छन । उनले हिजो दिनानाथ शर्मासँगै गएर अध्यक्ष प्रचण्डसँग अहिलेको समय पार्टी फुटाउने र सरकार परिवर्तनको खेलमा लाग्नु गलत हुने सुझाव दिएका थिए ।
प्रकाशित मिति : 13:06









