१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता, बजेट अधिवेशनबारे छलफल

१७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएकाे छ ।  बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग आउँदो बजेट अधिवेशनका बारेमा छलफल गर्नुभएको हो ।

जेठ १५ मा बजेट अनिवार्य ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन चलेकाले संसद् ठप्प हुँदा बजेट अधिवेशनबारे छलफल हुन सकेको छैन ।

प्रकाशित मिति : 11:33