पार्टी फुटाउने फोहरी खेलमा नलाग्न पूर्व सभामुख महराको आग्रह
१७ वैशाख, काठमाडाैँ । पूर्व सभामुख कृष्णबहादुर महराले पार्टी फुटाउने फोहरी खेलमा नलाग्न आग्रह गरेका छन । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपा भित्रको खेलले जनतामा निराशा छाएको बताएका छन ।
उनले भनेका छन ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् । यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।’

यस्तो छ महराको विज्ञप्ति
प्रेस वक्तव्य
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको छ। कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ। देश अहिले लकडाउनको अवस्थामा छ। अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ।
अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो। मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् । यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।
१७ बैशाख, २०७७
कृष्णबहादुर महरा
पूर्वसभामुख
तथा प्रतिनिधि सभा सदस्य, दाङ

प्रकाशित मिति : 11:40









