नेकपाको सचिवालय बैठक आज, मालीगाउँको म्याण्डेट बैठकमा राख्ने प्रचण्ड र नेपालको तयारी
१७ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवलाय बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेपछि बस्ने बैठकमा मालीगाउँको म्याण्डेट बोकेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह प्रस्तुत हुने तयारीमा रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनका लागि केही सांसदहरूले गरेको हस्ताक्षरको बारेमा समेत ब्रिफिङ गर्ने तयारी उनीहरूको रहेको छ ।

स्रोतका अनुसार चैत्र ५ गते राप्रपाका नेता सुनिल थापाको घरमा भारतीय दूतावासका द्धितिय सचिवसहित भएको डिनर मिटिङको म्यान्टेन्ट अनुसार प्रचण्डले माधवकुमार नेपाललाइ समेत कन्भिन्स गरिसकेका छन । त्यही जगमा माधव नेपाल प्रधानमन्त्रीका लागि मुख मिठाइरहेका छन । पार्टी अध्यक्ष र प्रधानमन्त्री एक पद ओलीले छाड्नुपर्छ भने पनि उनीहरूको मुख्य उद्देश्य र लक्ष्य भनेको प्रधानमन्त्रीक केपी शर्मा ओलीका सत्ताको नेतृत्वबाट हटाउनु रहेको छ ।
यसअघि सम्धी र भाइतिजाका लागि पद दिँदा चुप लाग्ने नेपाल पार्टी अध्यक्षको प्रस्ताव पाउँदा पनि विभिन्न बहानाबाजीमा लाग्नुको कारण पनि त्यही हो । विनोद चौधरी र आजय राज सुमार्गीका धेरै कामहरू गरिदिनुपर्ने म्याण्डेट यतिखेर माधव नेपालले पाइसकेका छन । विनोद चौधरी प्रचण्डको निवासमा गएर पटक पटक रूँदा समेत वर्तमान सरकारले उनको माग सम्बोधन गरेन । प्रचण्डले उनको माग सम्बोधन गराउनका लागि धेरै नै अनुनयविनय गरे तर कानुन विपरितको काम नगर्ने भन्दै ओली सरकारले अडान लियो ।
प्रकाशित मिति : 10:35









