सरकार ढाल्न प्रचण्डको निर्देशनमा हस्ताक्षर अभियान सुरू, टोपबहादुर रायमाझीले अस्वीकार गरे
१६ वैशाख, काठमाडाैँ । सरकारविरूद्ध चौतर्फी घेराबन्दी सुरू गरेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्नका लागि हस्ताक्षर अभियान सुरू गराएका छन । आफ्नो निवासमै सांसदहरूलाइ बोलाएर सरकारविरूद्ध हस्ताक्षर मागिएको हो । प्रचण्डले हस्ताक्षर अभियान सुरू गरेपनि उनी निकटकै केही सांसदहरूले त्यसमा आपत्ति जनाएका छन । पार्टी एक बनाएर अघि बढाउनुपर्नेमा उल्टै पार्टीमा बिग्रह ल्याउनका लागि हस्ताक्षर अभियान चलाइएको भन्दै स्थायी समिति सदस्य टोपबहादुर रायमाझी लगायतले त्यसको बिरोध जनाएका छन ।

रायमाझीले अहिले सरकारविरूद्ध हस्ताक्षर अभियान चलाउनु गम्भीर गल्ती भएको भन्दै पार्टी एक बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन । रायमाझीले पूर्वमाओवादी पक्षधरहरुले पार्टीभित्र चलाएको हस्ताक्षर अभियान गलत भएको बताए । अध्यक्ष प्रचण्डकै निर्देशनमा ओली सरकारविरुद्ध हस्ताक्षर अभियान चलाइएपछि रायमाझीले पार्टी एकता खलल पुग्ने गरी आफूले काम नगर्ने जानकारी गराएका छन । स्रोतका अनुसार फिल्डमा हस्ताक्षर अभियानको कमान्ड हरिबोल गजुरेलले गरेका छन ।
प्रकाशित मिति : 11:41









