५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

प्रदेश १ मा कोरोनाभाइरस संक्रमितको संख्या ३१ पुग्याे

१६ वैशाख, विराटनगर । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ ।

प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् । पुगेको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु. २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 28, 2020 at 8:30 am