१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच टेलिफोन संवाद

१५ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँको चिनियाँ समकक्षी सी चिनफिङले टेलिफोन संवाद गर्नुभएको छ । चिनियाँ राष्ट्रपति चिनफिङले कोरोना (कोभिड–१९) सँग जुध्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

टेलिफोन संवादमा राष्ट्रपति भण्डारीले आफ्नो देशमा कोभिड–१९ महामारी नियन्त्रणका लागि चीनको सफलताको प्रशंसा गर्नुभयो ।उहाँले कोरोनाको महामारीविरुद्धको अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउन चीनले खेलेको भूमिकाको पनि प्रशंशा गर्नुभयो ।

प्रकाशित मिति : 22:53