११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

प्रचण्डलाई भेटेर फर्किएपछि बाबुरामको ट्वीट ‘मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे !’

१५ वैशाख, काठमाडाैँ । सरकारका विरूद्ध सुम्पूर्ण शक्ति लगाएर अभियान चलाउन सुरू गरेका समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराराइले सोमबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर फर्किएपछि गरेकेो ट्वीट अहिले चर्चाको विषय बनेको छ । उनले सरकारप्रति लक्षित गर्दै भनेका छन ‘मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे !’

उनले रेडियो नेपालले उनको अन्तरवार्तामा क्षमा मागेको विज्ञप्ति सेयर गर्दै थप लेखेका छन ‘रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हे त ।’

यो पनि पढ्नुहोस्

-सरकारविरूद्ध कांग्रेस र राप्रपाको लिखित साथ लिए लगत्तै बाबुराम र उपेन्द्र यादव प्रचण्ड निवासमा

-सुरेन्द्र यादव अपहरण गराउने बाबुरामको फोहोरी खेलमा कांग्रेस र राप्रपाको साथ (विज्ञप्तिसहित)

प्रकाशित मिति : April 27, 2020 at 9:53 pm