१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सरकारविरूद्ध कांग्रेस र राप्रपाको लिखित साथ लिए लगत्तै बाबुराम र उपेन्द्र यादव प्रचण्ड निवासमा

१५ वैशाख, काठमाडाैँ । सरकारविरूद्ध आन्दोलन गर्ने गरी तयारी गरको समाजवादी पार्टीका नेताहरू कांग्रेस मुख्यालयमा बैठक गरेर आफ्नो अभियानमा कांग्रेस र राप्रपाको म्याण्डेट लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार निवासमा पुगेका छन ।

कांग्रेस मुख्यालयमा भएको बैठकपछि तीन पार्टीका नाममा संयुक्त वक्तव्य जारी गरे लगत्तै उनीहरू प्रचण्ड निवास पुगेका हुन । उनीहरू प्रचण्ड निवास खुमलटारमा ६ बजेर २० मिनेट जाँदा प्रवेश गरेका थिए भने ६ बजेर ५० मिनेट जाँदा बाहिरिएका थिए । प्रचण्ड भेट्न  उपेन्द्र यादव ,बाबुराम भट्टराई र अशोक राई तीन जना पुगेका थिए ।

जम्मा ३० मिनेट प्रचण्ड निवासमा बिताएका उनीहरूले कांग्रेस मुख्यालयमा भएको सरकारविरूद्धको मोर्चाबन्दी, नेकपाका नेता माधवकुमार नेपालको निवासमा भएका तत्कालीन एमाले निकटका नेताहरूको छलफल लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

सुरेन्द्र यादव अपहरण गराउने बाबुरामको फोहोरी खेलमा कांग्रेस र राप्रपाको साथ (विज्ञप्तिसहित)

प्रकाशित मिति : 21:07