सुरेन्द्र यादव अपहरण गराउने बाबुरामको फोहोरी खेलमा कांग्रेस र राप्रपाको साथ (विज्ञप्तिसहित)
१५ वैशाख, काठमाडौँ । आफ्नै पार्टीका नेता डा सुरेन्द्र यादवको अपहरण गराउने समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराइको फोहोरी खेलमा कांग्रेस र राप्रपाले पनि साथ दिएको छ । बाबुराम भट्टराइको विशेष अनुरोधमा कांग्रेस मुख्यालयमा भएको छलफलबाट यादवको अपहरण प्रमाणित गराउने अभियानमा कांग्रेस र राप्रपा थपिएका हुन ।
पार्टी फुटाउन महोत्तरीबाट काठमाडौँ पुगेका डा यादव भारतीय दूतावासको निर्देशनपछि आफ्नो अपहरण पुष्टि गराउन बाबुरामको निवासमा बसेर अनेक तानाबानामा सहभागी भैरहेका छन । स्यवं यादवले यसअघि बाबुरामकै निवासमा बसेर आफ्नो अपहरण नभएको र ससुरालीमा गएर सँगै भात खाएर काठमाडौँ आएको बताएका थिए । तर पछि भारतीय दूतावसको सक्रियतामा डा यादव पनि बाबुरामकै इच्छा अनुसार आफ्नो अपहरण प्रमाणित गराउन टुपी कसेर लागेका छन ।

कांग्रेस मुुख्यालयमा भएको बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी ‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भई सुरेन्द्र यादवको अपहरण पुष्ट गराउन संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा काँग्रेसबाट सभापति देउवा एवं नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशांक कोइराला, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, जसपाबाट महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, भण्डारी, अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ तथा राप्रपाबाट अध्यक्ष डा लोहनी उपस्थित रहेका थिए ।

प्रकाशित मिति : 20:30









