५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

५ वर्ष कैद माग गरिएका पूर्वसचिव भीम उपाध्याय २५ हजार धराैटीमा छुटे

१५ वैशाख, काठमाडाैँ । साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय २५ हजार धराैटीमा छुटेका छन । साइबर अपराधमा पक्राउ परेका उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिए लगत्तै उनी २५ हजार रूपैयाँ तिरेर छुटेका हुन ।

तस्बीरः कांग्रेस नेता भुपेन्द्रजंग शाहीको फेसबुकबाट ।

जिल्ला अदालत काठमाडाैँका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको हो । उनी वैशाख १० गते पक्राउ परेका थिए । साबइर अपराधमा उपाध्याय माथि ५ वर्ष कैद सजाय माग गरिएको छ । उनलाइ लिन नेपाली कांग्रेसका नेताहरू भुपेन्द्रजंग शाही, दिनेश त्रिपाठी लगायत जिल्ला अदालतमै पुगेका थिए ।

प्रकाशित मिति : April 27, 2020 at 3:57 pm