५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

विवाह खर्च कटाएर नेविसंघका नेता काफ्लेले दिए कोरोना कोषमा २ लाख

१५ वैशाख, काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले कोरोना राहत कोषमा २ लाख रुपैयाँ नगद दिएका छन् । आइतबार वैवाहिक बन्धनमा बाँधिएका नेता काफ्लेले विवाहकाे खर्च कटौती गरेर राहत कोषमा नगद सहयोग गरेको बताए ।


उनले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त नगद हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्न उनी श्रीमती मेनुकासहित स्वास्थ्य मन्त्रालयमा गएका थिए ।

प्रकाशित मिति : April 27, 2020 at 1:47 pm