१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

लकडाउनमा सरकारविरूद्ध कांग्रेसको पहिलो मशाल जुलुश

१५ वैशाख, सिन्धुपाल्चोक । लकडाउनको समयमा नेपाली कांग्रेसले पहिलो पटक सरकारविरूद्ध मशाल जुलुश प्रदर्शन गरेको छ । जारी लकडाउनमा आइतबार साँझ नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले सरकारकोविरूद्ध मशाल जुलुश निकालेको हो । कांग्रेसले खानेपानी मन्त्रालयका सल्लाहकार समेत रहेका भीम उपाध्यायको रिहाइको माग गर्दै मशाल प्रदर्शन गरेको हो ।

उपाध्याय साइबर अपराधमा पक्राउ परेका छन । उनीमाथि साइबर अपराधमा मुद्दा समेत चलिसकेको छ । कांग्रेसको मशाल जुलुश खुर्सानीबारीबाट सुरु भएर बाह्रबिसे पुलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सरकारले उपाध्यायको रिहाइ नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए ।

प्रकाशित मिति : 07:53