अनलाइनमा पढ्न विद्यार्थीलाई सहुलियतमा डाटा र भ्वाइस कल उपलब्ध गराउन अनेरास्ववियूको माग
१४ वैशाख, काठमाडाैँ । अनेरास्ववियूले अनलाइनमा पढ्न विद्यार्थीलाई सहुलियतमा डाटा र भ्वाइस कल उपलब्ध गराउन माग गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर नेतृत्वको टोलीले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीलाई भेटेरै अनलाइनमा पढ्न विद्यार्थीलाई सहुलियतमा डाटा र भ्वाइस कल उपलब्ध गराउन माग अनुरोध गरेको छ ।

यसअघि शिक्षामन्त्रीसँग अनलाइनमा पढ्ने व्यवस्था मिलाउन माग गरेको अनेरास्ववियूले अातइबार सहुलियतमा डाटा र भ्वाइस कल उपलब्ध गराउन माग गरेको हो । महरले अनलाइन पठनपाठनका लागि टेलिकमको सेवा विद्यार्थीहरुलाई भए निशुल्क र सम्भव नहुँदा सस्तो मूल्यमा दिन अनुरोध गरेका छन ।
भेटमा टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले आफू अनेरास्ववियूको मागमा सकारात्मक भएको र विद्यार्थीलाई सहुलियत सेवा छिट्टै लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति : April 26, 2020 at 9:09 pm





