थप १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो
१४ वैशाख, काठमाडाैँ । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा झापाका ५० वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनि कोशी अस्पतालको सम्पर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
याेसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ । आइतबार मात्रै पर्साको वीरगन्जका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित ५२ जनामध्ये १६ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : April 26, 2020 at 7:03 pm




