२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टी दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी

१४ वैशाख, काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रिया रोक्न निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाललाई ‘बहु राष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रक्रिया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन दिएका हुन ।

दुबै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधानविपरीत भएको उल्लेख गर्दै पार्टीले प्रयोग गर्ने भनिएको झण्डासमेत बुर्किमा फासो देशको झण्डासँग मेल खाएकोले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकुल असर पर्ने हुनाले दल दर्ताको प्रक्रिया रोक्न निवेदन दिइएको अधिवक्ता ढकालले बताए । बहु राष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएको र नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षाका लागि दर्ता प्रक्रिया रोक्न आयोगमा निवेदन दर्ता गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : April 26, 2020 at 5:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/