१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

जुलुशसहित टेकु पुगेका राजपा, समाजवादी र कांग्रेसका नेतालाई प्रहरीले कानुन पढाएपछि…

१४ वैशाख, काठमाडाैँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइको नेतृत्वमा जुलुशसहित टेकु पुगेका समाजवादी, राजपा र कांग्रेसका नेतालाइ प्रहरीले कानुन पढाएर फिर्ता गरेको छ । बाबुरामले अाफ्नै घरमा बन्धक बनाएर राखेका समाजवादीका नेता डा सुरेन्द्र यादवसहित प्रहरी कार्यालय पुगेका उनीहरूलाइ प्रहरीले कानुन पढाएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौँमा नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनाल विरूद्ध जाहेरी दिन पुगेका उनीहरूलाइ प्रहरीले कानुन पढाएको हो । जाेहरी नामको जुलुशमा पूर्वप्रधानमन्त्री भट्टराई सहित, समाजवादीका नेता उपेन्द्र यादव, हिशिला यमी, राजपाका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र कांग्रेसका नेता दिनेश त्रिपाठी लगायत रहेका थिए ।

परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली र एसपी सोमेन्द्र राठोरले कानुन सम्झाउँदै घटना भएको ठाउँ महोत्तरीमा उजुरी दिन जान सुझाव दिए । प्रहरीले घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाव दिएको हो ।

प्रकाशित मिति : 17:54