हत्याराको संरक्षणमा बाबुरामले यसरी गरेका थिए प्रधानमन्त्री पदको दुरूपयोग (भिडियोसहित)
१४ वैशाख, काठमाडाैँ । डिआइजीबाट राजिनामा दिएका रमेश खरेलले काशी तिवारी हत्याकाण्डमा तत्कालिन प्रधानमन्त्री एंव जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हत्यारालाइ कसरी जोगाउँथे भन्ने विषयको खुलासा गरेका छन । हत्याकाण्डमा दोषी देखिएका तत्कालिन मन्त्री प्रभु शाहलाई बचाउन बाबुरामले बालुवाटारकै दुरूपयोग गरेको स्पष्ट भएको छ ।

योहो टेलिभिजनको एक अन्तवार्तामा खरेलले तत्कालिन आइजिपी रविन्द्रप्रताप शाह, महान्यायाधिवक्ता मुक्ति प्रधानसहितलाई राखेर प्रधानमन्त्री भट्टराईले शाहलाई बचाउन निर्देशन दिएको बताए । वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै १२ असार २०६७ मा हिन्दु युवा संघका संस्थापक अध्यक्ष तिवारीको हत्या भएको थियो ।
त्यसबेला पर्सा जिल्लाको एसपी खरेल थिए । ‘खरेलजी तपाईको इन्भेष्टिगेशनमा कुनै प्रश्न छैन, तपाई इमान्दार पुलिस अफिसर हो, कानुनको नजरमा सबै समान छ भनेर उहा(बाबुराम भट्टराई) ले भने’, त्यसदिन भएको घटना सम्झदै उनले भने,‘एउटा उपाय निकाल्नुहोस् न त मन्त्री जी लाई बचाउने कुनै उपाय निकाल्नुहोस् न त ।’
प्रकाशित मिति : 17:10









