१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले लिए सपथ

१४ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त भएका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाइ पद तथा गोपनियताको सपथ खुवाएकी छिन । आइतबार राष्ट्रपति भवन शिलत निवासमा राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन ।

यसअधि नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राष्ट्रपति भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी थिइन । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई राजदूतमा सिफारिस गरेका थिए ।  

प्रकाशित मिति : 16:39