१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

‘अपहरण’ मुद्दा दर्ता गर्न बाबुरामसहितका नेता पुगे प्रहरी परिसर टेकु

१४ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरेको भन्दै नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

उजुरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिन अहिले नेताहरू परिसर कार्यालयमै छन्। परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नभएका कारण उनीहरूको जाहेरी दर्ता भने भइसकेको छैन।

प्रकाशित मिति : 16:04