१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

जनावरसँग बाबुरामको तुलना गर्दै राजिवले भने ‘पहिला आफ्नो आङको भैँसी देख्नुस्’

१३ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं गण्डकी प्रदेशका सांसद राजिव पहारीले सोही प्रदेश अन्तर्गतको प्रतिनिधिसभा सदस्य डा बाबुराम भट्टराईको तुलना फ्याउरो (जंगली जनावर)सँग गरेका छन । सरकार विरूद्ध प्रचार युद्धसहित होमिएका समाजवादी पार्टीका नेता भट्टराईबारे तुलना गर्दै शनिबार राति युवा संघका पूर्व अध्यक्ष समेत रहेका नेकपा सांसद पहारीले फ्याउरोसँग तुलना गर्दै अरूलाइ भष्मासुर भन्ने बाबुरामले एेन हेर्नुपर्ने बताएका हुन ।

सांसद पहराीले लेखेका छन ‘फ्याउराले छाला फेरे झैँ जस्ले आफ्नो राजनैतिक जीवनमा ८ वटा राजनैतिक पार्टी परिवर्तन गरिसक्नु भयो हाल सम्म । जस्ले आफ्नो निहित स्वार्थको निम्ति बहुराष्ट्रियताको कुरालाइ अंगिकार गर्नुहुन्छ । जो जुन पार्टी मा जानू हुन्छ त्यो पार्टी मा हुडल्नो मात्रै हाल्ने काम गर्नुहुन्छ। जो नयाशक्ति पार्टीको प्रमुख हुँदा आफू र हिसिला कमरेड बाहेक अरुलाई अपमान र थिचोमिचो गरेर भष्मासुररुपी गतिबिधि गरि पार्टीबाट अरुलाई बहिर्गमन गराउनु हुनुहुन्छ र आज उहाँ र उहाँसँग रहेको झुन्ड झुटलाई १०० चोटि दोहोराय पछि सत्य सावित गराउन सकिन्छ कि भनेर गोयबल्स शैलीमा झुटका पुलिन्दा बुनिरहनु भयको छ ।’

त्यस्तै सांसद पहारीले अघि लेखेका छन ‘अहिले उहाँ रहेको पार्टीमा पनि उहाँले केसम्म गरिरहनु भएको छ भन्ने दिउँसोको घाम झै छर्लङ्ग छ हालत । उहाका उपदेशका कुरा आज सुन्दा बोल्नेलाई भन्दा सुन्नेलाई लाज भने जस्तो पो भयो । आफ्नो आङ्गमा भैंसी हिडेको नदेख्ने अरुको आङ्गमा जुम्रा ! ब्यक्तिगत भन्दा पनि यो एउटा प्रबृति भनेको छ नेपालको राजनितिमा।’

प्रकाशित मिति : 22:26