महेश बस्नेतको प्रश्नः प्रचण्डले पार्टी चलाउने कि भैँसेपाटी गुट ?
१३ वैशाख, काठमाडाैँ । पूर्व मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता महेश बस्नेतले नेकपाको अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले गुटमात्र चलाउन खोज्नु गलत भएको बताएका छन । उनले सिंगै पार्टी सञ्चालनको जिम्मा पाएका प्रचण्डले गुटको मात्र बैठक गर्नु गलत भएको बताएका छन ।

नेता बस्नेतले भने ‘पार्टीको आधिकारिक बैठकहरू चाहिँ नबोलाउने तर निरन्तर भैँसीपाटी वा अन्य नाममा बैठक गर्नु प्रचण्ड र नेकपाको लागि शोभनीय होइन ।’ उनले गुटका भेला र बैठक गर्न छाडेर प्रचण्डले आधिकारिक बैठक डाक्नुपर्ने बताए। प्रचण्डसहित सचिवालयका छ सदस्य बसेर सरकारका विरूद्ध मोर्चाबन्दी गरेको सन्दर्भ उप्काउँदै उनले यस्ता गतिबिधिले प्रचण्डको प्रभावकारी झन कम हुने बताए ।

तत्काली माओवादीको हतियारसहितको वाइसिएलको दस्ताको अराजकता समाप्त पार्न युथ फोर्सको नेतृत्व गरेका नेता बस्नेतले प्रचण्ड लगायतले नै गुट भेला गर्न थालेपछि नेकपा विभिन्न व्यक्तिको मोर्चामा परिणत हुने खतरा बढेको बताए । उनले भनेका छन ‘पार्टीको बैठकभन्दा छुट्टै अर्का बैठकहरु बस्ने, भेलाभन्दा छुट्टै अर्का भेलाहरु बस्ने खालका क्रियाकलापले गर्दा पार्टीभित्र गुटबन्दी संस्थागत हुन्छ । पार्टी चाहिँ विभिन्न व्यक्तिको मोर्चामा परिणत हुने एउटा खतरा बन्दै छ।’
प्रकाशित मिति : 13:34









