बाबुरामको बहुराष्ट्रिय राज्यमाथि युवा संघका सहसंयोजक पाैडेलका ८ प्रश्न
१३ वैशाख, काठमाडाैँ । राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पाैडेलले समाजवादी पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुरू गरेको बहुराष्ट्रिय राज्यको बहसमा ८ प्रश्न सिर्जना गरेका छन । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेससहित प्रधानमन्त्रीक केपी शर्मा ओलीको काम देखेर तिरमिराएका पार्टी भित्रकै नेताहरू प्रति बाबुरामको बहुरूपी बहुराष्ट्रिय राज्यको बहसमा धारणा बाहिर आउनु पर्ने माग गरेका छन ।

सहसंयोजक पाैडेलले नेकपाका शीर्ष नेताहरूबाट यस विषयमा बढी जवाफ खोजेको छन । उनले समग्रमा बाबुराम भट्टराईको गतिबिधिले देशमा भोलिको दिनमा क्षति पुर्याउन सक्ने पूर्वानुमान गरेको प्रश्नहरूबाट बुझ्न सकिन्छ ।
उनको प्रश्न योस्ता छन
यो बिषयमा नेकपा र नेकाको धारणा के हो ?
घोषणापत्रमा यस्तो अबधारणा ल्याउने पार्टीलाई निर्बाचन आयोगले दर्ता गर्न मिल्छ कि मिल्दैन ?
पार्टी भित्रको हरेक बिषयमा निर्णय बाहिर नआउदै सल्लाह ,सुझाब दिएर राय बझाउने नेकपाका नेताहरु पनि यो बिषयमा किन मौन देखिन्छन् ?
नेकपाको सचिबालय र स्थायी कमिटी बहुराष्ट्रिय राज्यको बिषयमा किन चुपचाप ?
यस बिषयमा नेकपाको बुझाई के होर ?
क्लियर गर्न ढिला नगरौ। हामी त बिगतमा बहुराष्ट्रिय राज्य नमान्ने पार्टीका मान्छे थियौ । अहिलेको धारणा चाहियो ?
केपी ओलीको सरकार हटाउने गरि कि सत्ताको खेलमा ब्यास्त हो ?
केपी ओलीलाई हटाउन नैतिकताको पाठ सिकाउनेहरु यस बिषयमा किन चुप ?
प्रकाशित मिति : 10:51









