काठमाडौँ कोरोना बिरामी मुक्त हुँदा सन्तोष लागेको छः प्रधानमन्त्री ओली
१२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ कोरोना बिरामीमुक्त हुँदा सन्तोष लागेको बताउनु भएकाे छ । प्रधानमन्त्री ओली शुक्रबार बिहान ट्विट गर्दै यस्तो बताउनुभएकाे हाे ।

उहाँले ट्विटरमा लेख्नुभएकाे छ,, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ ।’ उहाँले डिस्चार्ज भएका सबैको सुस्वास्थ्यको कामना समेत गर्नुभएकाे छ ।

प्रकाशित मिति : April 24, 2020 at 3:01 pm




