बाबुरामलाई नै गिज्याउने प्रश्नः काखमा राखी घाँटी रेटेर मार्दा कसरी हत्या हुन्छ ?
१२ वैशाख, काठमाडाैँ । समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई पछिल्लो समय चर्चाको एउटा पात्र बनेका छन । विगतमा माओवादी नेतृत्वको हैसियतामा आफैँ अपहरण र हत्यामा संलग्न रहेका भट्टराई अहिले अपहरणको नाममा रूवाबासी गरिरहेका छन । सामाजिक सञ्जालमा उनले व्यक्त गरेका विचार साह्रै दयालाग्दो देखिएका छन ।
हुनत व्यक्तिगत रूपमा क्षमता रहेका व्यक्ति भनेर चिनिए पनि राजनीतिक रूपमा उनको क्षमतामा कयौँ प्रश्न चिन्हहरू उठेका छन । तथापी पछिल्लो पटक समाजवादी पार्टीको नेता भएपछि उनले सामाजिक सञ्जालमा व्यक्त गरिरहेका प्रतिक्रियाहरू एकदमै विवादित बनेका छन । पछिल्लो पटक एउटा समाचार सेयर गर्दै दिएको प्रतिक्रियाले भने बाबुरामलाई नै गिज्याइरहेको छ ।

बाबुरामको बुद्धिविलासमाथि सामाजिक सञ्जालमा धेरैले निन्दा गरेका छन । हत्या र अपहरणकै राजनीतिक पृष्ठभूमि (दलगत रूपमा हेर्दा) भएका डा भट्टराईले डा सुरेन्द्र यादव स्वयं अपहरण नभएको बताइरहँदा एकोहोरो अपहरण पुष्टि गराउन लागि परेका छन । त्यसका विषयमा घटनामा संलग्न भनिएका सबैले आआफ्नो साविती बयान दिइसकेका छन । जुन सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमहरूबाट छरपस्ट नै छ ।
यही सन्दर्भमा डा भट्टराईले शुक्बार एउटा यस्तो प्रतिक्रिया जनाए । जहाँ उनीमाथि अन्य मान्छे खनिएका छन । जसले द्धन्द्धका विभत्स हत्याका तस्बीरहरू राखेर बाबुरामको बिगत सम्झाइरहेका छन । उनले लेखेका छन ‘आँखामा पट्टी नबाँधी मान्छे लैजाँदा कसरी अपहरण हुन्छ ? काखमा राखेर घाँटी रेटेर मार्दा कसरी हत्या हुन्छ ? कागजपत्र मिलाएर पैसा खाएको कसरी भ्रष्टाचार हुन्छ ? ओलीतन्त्रका सन्डमुसन्डहरूले यस्तो कुतर्क गरिरहेका बेला डा यादवका यी मनका कुरा सुनौं ! राज्यको कसरी अपराधीकरण भैसकेको छ आफैंलाई सोधौं !’

बाबुरामले आज महेश बस्नेतहरू माथि सोधिरहेको प्रश्न र गरेको व्यंग्य उनको टिप्पणीमा प्रतिक्रिया जनाउले स्वयं उनैमाथि गरिरहेका छन । ट्वीटरमा उनीमाथि जनाइएको केही प्रतिनिधि प्रतिक्रिया तल हेर्न र पढ्न सक्नुहुन्छ । 


प्रकाशित मिति : 14:27









