१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको निर्णय

१२ वैशाख, काठमाडाैँ । सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले अध्यादेश फिर्ताका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाइ सिफारिस गरेको छ ।

सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । नेकपाले अध्यादेश फिर्ता लिनका लागि सरकारलाइ सुझाव दिएपछि मन्त्रिपरिषद्को शुक्रबारको बैठकले अध्यादेश फिर्ताको निर्णय गरेको हो ।

प्रकाशित मिति : 12:41