अध्यादेश विवादः प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
१२ वैशाख, काठमाडौँ । सरकारले ल्याएको दुइ अध्यादेश फिर्ताका लागि चौतर्फी सुझाव आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन । बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्नेछ ।
अघिल्लो मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश फिर्ता लिने वा थप के गर्ने भन्ने विषयमा बैठकले निर्णय गर्नेछ । बैठकमा लकडाउनका बारेमा समेत छलफल हुनेछ ।

नेकपाको सचिवालय बैठकले अध्यादेश जारी भएकै दिन छलफलको आवश्यकता रहेको बताएपछि प्रधानमन्त्रीले सकारात्मक संकेत गरेका थिए । आजको बैठकमा राजनीतिक दल सम्बन्धी एेन संशोधन गर्न बेनको अध्यादेश र संबैधानिक परिषद सम्बन्धी एेन संशोधनका लागि बनेको अध्यादेश दुबै फिर्ताको गर्ने वा संसदमा लगेर थप संशोधन गर्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने बुझिएको छ ।
प्रकाशित मिति : 10:24









