एसपी वीरेन्द्रकुमार बस्यालदेखि चन्द्रकुवेर खापुङसम्म एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)
९ वैशाख, काठमाडाैँ । १९ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन । गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले १९ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवाका लागि एसपी वीरेन्द्रकुमार बस्यालदेखि चन्द्रकुवेर खापुङसम्म सिफारिस भएका छन ।

गृह मन्त्रालयले प्रकाशति गरेको सूची अनुसार बढुवा सिफारिस हुनेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल रहेका छन्।यस्तै, बढुवा सिफारिस हुनेमा हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ रहेका छन ।

प्रकाशित मिति : April 21, 2020 at 9:53 pm





