१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

कसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उसकै समस्या होः पूर्वमन्त्री बाँस्काेटा

९ वैशाख, काठमाडाैँ । पूर्वमन्त्री गाेकुलप्रसाद बाँस्काेटाले लोकतन्त्रमा जनताले दिने म्यान्डेटको सर्वोच्च स्थान हुने बताएका छन् । बाँस्काेटाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साे कुरा बताएका हुन् । बाँस्काेटाले जनअनुमोदनलाई पंगु बनाउने तिकडम नचलोस भनेरै संसदिय दल वा निर्वाचित अथवा दल दर्ताका बखतको केन्द्रिय समिति वैधानिक हुने प्रावधान ल्याइएको समेत बताए ।

उनले अहिलेको कानुनमा भएका बिकृती हटाउन अध्यादेश आएको बताउँदै राज्यप्रणाली मजबुत बनाउने काम कुन पार्टिको धोक्रोको मुख कति खुकुलो अथवा कसिलो छ भन्ने हेरेर नगरिने बताए । कसैकसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उनीहरुकै समस्या भएकाे भन्दै उनले समस्या अध्यादेशमा नभएर उनीहरुको दोषि चश्मामा रहेकाे समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 17:26