आगोले पोलेर अलपत्र परेकी घाइते महिलाको उद्धार
९ वैशाख, मार्तडी । आगोले पोलेर घाइते हुनुभएका यहाँस्थित पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–६ कोटिलाकी ३५ वर्षीया गौचन मियाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्दा सोमबार काठमाडौँ लगिएको छ ।

आगोले जलेर गम्भीर घाइते हुुनुभएका उहाँ अस्पताल शय्यामा अलपत्र परेको समाचार सञ्चारमाध्यममा आएपछि उहाँलाई थप उपचारका लागि उद्धार गरिएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । अर्थाभावमा पर्नुभएका मियाँलाई नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानको सहयोगमा थप उपचारका लागि काठमाडौँ पठाइएको हो ।
प्रकाशित मिति : April 21, 2020 at 12:25 pm





