११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

गगन थापालाई कांग्रेस कार्यकर्ताको प्रस्ताव ‘साच्चिकै हो भने अब मर्ने तयारी गरौँ !’

९ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थपालाई नेपाल विद्यार्थी संघका पूर्व नेता एवं कलाकार सुवास रेग्मीले ‘साच्चिकै हो भने अब मर्ने तयारी गरौँ’ भन्ने प्रस्ताव गरेका छन । ‘गगन थापाले भनेः मजदुरको कन्तविजोग बनाएर हामी बाच्नुको अर्थ छैन’ भन्ने शीर्षको समाचार सेयर गर्दै उनले विगतमा कांग्रेसको नेतृत्वमा धेरै मजदुरको कन्तविजोग भएको सन्दर्भ उल्लेख गर्दै थापालाई यस्तो प्रस्ताव गरेका हुन ।

समसामयिक विषयमा सामाजिक सञ्जालमा चोटिलो प्रहार गर्ने उनले कवितात्मक शैलीमा यस्तो लेखेका छन

साच्चिकै हो भने अब मर्ने तयारी गरौं !

भृकुटी कागज कारखाना का मजदुर खै ?

लुम्बिनी चिनि कारखानाका मजदुर खै ?

हेटौंडा सिमेन्ट कारखानाका मजदुर खै ?

बिराटनगर जुट मील्सका मजदुर खै ?

रोपवे/रेलवे/ट्रलि र साझा बसका मजदुर खै ?

बुटवल धागो कारखानाका मजदुर खै ?

उल्लेखित सबै कारखानाका मजदुरको कांग्रेसले कन्तविजोग बनाएको भन्दै सुवासले लकडाउनमा दुःख पाएका मजदुरको सन्दर्भमात्रै होइन विगतले नै बाच्नुको अर्थ नदिएको संकेत गरेका छन । उनले नोटको रूपमा पनि कवितात्मक रूपमा व्यंग्य गरेका छन उनले भनेका छन ‘नाङ्गाको देशको धोवि हौ नेता हो तिमरू, गफ धेरै नलगाओ ! बुङ्गाहरूको के कपडा हुन्छ र धुन्छौ ? यहाँ त गफ लाऊनि खानी हो खुरूखुरू !’

प्रकाशित मिति : April 21, 2020 at 11:46 am