३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

बिहेको प्रलोभन देखाई बलात्कार गर्ने गोरखाका १ युवक पक्राउ

९ वैशाख, गोरखा । गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

फाइल फाेटाे

पक्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती बलात्कार गरेको पाइएको उहाँले बताउनुभयो । वैशाख ३ गते दिउँसो ४ः३० बजेको समयमा आफ्नै घरमा लगेर सिर्मलले किशोरीलाई बलात्कार गरेको खुल्न आएको उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

पीडितका बाबुले दिएको उजुरीका आधारमा सिर्मललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : April 21, 2020 at 10:34 am