यस्तो छ राजनीतिक दल सम्बन्धी ऐनको चार वटा दफा संशोधन गर्ने अध्यादेश (राजपत्रसहित)
९ वैशाख, काठमाडाैँ । सरकारले राजनीतिक दल सम्बन्धी ऐन अध्यादेश मार्फत संशोधन गरेको छ । मन्त्रिपरिषद् बैठकले दल विभाजनमा केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्न राष्ट्रपतिलाइ सिफारिस गरेको थियो ।
राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाइ संशाेधन गरेको छ । अध्यादेशले ऐनको दफा ३३, ४८, ५२ र ५२ दफा संशाेधन गरेको छ । चार वटा दफामा भएको संशोधन यहाँले राजपत्रमा पनि हेर्न सक्नुहुन्छ ।



प्रकाशित मिति : 09:27









