१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेकपा सचिवालयको आकस्मिक बैठक भर्खरै सकियो (निर्णयको भिडियो ब्रिफिङसहित)

८ वैशाख, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट (नेकपा)ले आकस्मिक सचिवालय बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साँझ ६ बजेपछि बसेको सचिवालय बैठक भर्खरै सकिएको नेकपाको प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट अध्यादेशको बारेमा बिफ्रिङ गरेका थिए ।

बैठकमा राष्ट्रपतिबाट सोमबार जारी भएको अध्यादेशहरूका बारेमा छलफल भएको बुझिएको छ । त्यसअघि अाजै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, ०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, ०७७ जारी गरेकी थिइन । बैठकको निर्णय प्रवक्ता नारायणकाजी श्रेष्ठबाट सुुन्न सक्नुहुन्छ । भिडियो साैजन्यः न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : 20:27