राष्ट्रपति भण्डारीद्धारा मन्त्रिपरिषद बैठकले पारित गरेका दुई अध्यादेश जारी
८ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गर्नुभएकाे छ । मन्त्रिपरिषद्काे दिउँसो बसेको बैठकले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले पारित गर्नुभएकाे हाे ।

दिउँसाे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या ५ जनाबाट ४ जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो।
राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरिएको जनाएको छ ।

प्रकाशित मिति : 18:54









