२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

त्रिशूली अस्पताल नुवाकोटमा केनान्स युपिभिसी फेब्रिकेशन प्रालिद्धारा पिपि बुथ हस्तान्तरण

८ वैशाख, विदुर । त्रिशूली अस्पताल, नुवाकोटमा काेराेना संक्रमितकाे परिक्षण तथा स्वाब संकलन सहज गर्न पिपि बुथ हस्तान्तरण गरिएको छ। काठमाडौँकाे चन्द्रागिरी नगरपालिका- १, दहचाेकमा रहेकाे केनान्स युपिभिसी फेब्रिकेशन प्रालिले तयार गरि सहयोग स्वरुप पठाएको पिपि बुथ बिदुर नगर पालिकाका प्रमुख सञ्जु पण्डितले अस्पतालका मेडिकल सुपरिटेन्डन रेमकुमार राईलाइ एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको सहयोगी कम्पनीका चेयरम्यान उनिल श्रेष्ठले बताउनुभयाे।

नुवाकोट सराेकार समाजकाे पहलमा उक्त पिपि बुथ तयार गरि नुवाकोट अस्पतालमा पठाईएकाे हाे। यसले काेराेना संक्रमणकाे आशंका गरिएका व्यक्तिहरुकाे स्वास्थ्य परिक्षण गर्न र स्वाब संकलन गर्न सहज हुनुकाे साथै व्यक्तिगत सुरक्षण सामाग्री पिपिई काे खपत समेत कमहुने भएकोले पिपि बुथ उपयोगी हुन सक्ने कुरा नुवाकोट सराेकार समाजका महासचिव अनुजकुमार श्रेष्ठले बताउनुभयाे। श्रेष्ठकाे पहलमा यस अघि पिपिई सेट र एनआईसियुका सामाग्रीहरु उपलब्ध गरिएकाे थियाे।

प्रकाशित मिति : April 20, 2020 at 6:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/