१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सरकारमा नयाँ दल सहभागी हुने !

६ वैशाख, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दलविभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेश अनुसार दल विभाजनका लागि अब संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए पुग्ने छ ।

मन्त्रिपरिषदको निर्णय औपचारिकरुपमा सरकारका प्रवक्ताले सार्वजनिक भने गरेका छैनन् । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटमा पनि छलफल गरेको बुझिएको छ । प्रचण्ड निकटका नेता हरिबोल गजुरेलले यस विषयमा पार्टी अध्यक्षले पहिल्यै जानकारी दिइसकेको बताएका छन ।

नयाँ दल सरकारमा 

कोरोना विरूद्धको लडाइँ सशक्त बनाउनका निम्ति नयाँ दल सरकारमा प्रवेश गराउने चर्चा पनि योसँगै चलेको छ । मधेश केन्द्रीत राजनीति गर्दै आएको समाजवादी पार्टी र राजपा सरकारमा सहभागी हुने अनुमान गरिएको छ । प्रचण्ड निकट स्रोतका अनुसार समाजवादी पार्टी सरकारमा सहभागी हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : 17:47