पार्टी विभाजन गर्न खुकुलो व्यवस्थासहितको अध्यादेश ल्याउने सरकारको निर्णय
८ वैशाख, काठमाडौँ । सरकारले राजनीतिक पार्टी विभाजनसम्बन्धी नयाँ अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको बैठकले कुनै पनि पार्टीको संसदीय दल वा केन्द्रीय कमिटीमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश पारित गरेको हो।

बैठकले कुनै पनि पार्टीको संसदीय दल वा केन्द्रीय कमिटीमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश पारित गरेको हो। यससँगै अब कुनै पनि पार्टी फुटाउन सजिलो हुने भएको छ। अहिलेको व्यवस्था अनुसार कुनै पनि पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत हुनै पर्ने प्रावधान छ।
तर प्रधानमन्त्रीले अब यी दुईमध्ये एकमा मात्रै ४० प्रतिशत पुगेमा पार्टी फुटाउन पाइने व्यवस्थासहितको अध्यादेश पारित गरेर राष्ट्रपतिकहाँ पठाउने निर्णय लिनुभएकाे हाे ।
प्रकाशित मिति : 16:21









