विद्यार्थीको दुःखको साथी अनेरास्ववियू, टोलटोलमै गएर वितरण गरियो राहत (भिडियोसहित)
८ वैशाख, काठमाडाैँ । अनेरास्ववियुले काठमाडौको विभिन्न ठाउँमा बस्ने विद्यार्थीहरुलाई आज राहत सामग्री वितरण गरेको हो। अनेरास्ववियुका संयोजक ऐन महरको नेतृत्वमा राहत वितरण गरिएको हो। सत्तारूढ दलको भ्रातृ संगठनले विभिन्न टोलमै पुगेर राहत बाँड्दै विद्यार्थीको दुःखको साथी अनेरास्ववियू भएको प्रमाणित पनि गरेको छ ।
अनेरास्ववियुको अनलाइन पेजमा फर्म भरेका र नाम टिपाइकाहरुलाई मात्र राहत वितरण गरेको जानकारी दिए। बानेश्वर एरियामा केन्द्रिय सदस्यद्व्य मोति बिक र तपेन्द्र जंग शाही, कोटेश्वरमा केन्द्रिय सदस्य आकाश घर्तिले अन्य ठाउँमा पंकज भण्डारी, नारायण घर्ती मगर आदिले संयोजन गरिरहेका छन्।

कोभिड-१९ को महामारीको कारण नेपालमा विगत २७ दिन देखि बन्दाबन्दी (लकडाउन) छ। अझै कती समय हुन्छ थाहा छैन्। लामो समय देखि लकडाउन भएको कारणले गर्दा विद्यार्थी वर्ग मारमा परेको, घर जान नपाएका र दैनिक रुपमा खानपिन गर्न समेत समस्यमा परेका विद्यार्थीहरुको पहिचान गरेर राहत वितरण गरेको संयोजक ऐन महरले भने। महरका अनुसार हिजो त्रिवि कीर्तिपुरमा पढ्ने ५०० जना भन्दा बढिलाई राहत वितरण गरिएको बताए ।
विभिन्न मनकारी ब्यक्तिहरुको सहयोगमा राहत वितरण गरेको, अनेरास्ववियु केन्द्रिय सदस्य एबम् राहत वितरण टोलीका सदस्य आकास घर्ती मगरले बताए। उनका अनुसार आज बानेश्वरमा (शंखमुल) ५५ जना, कोटेश्वरमा (जडिबुटी) ७५ जना, कोटेश्वरमा (तिनकुने ) ७० जना, बानेश्वरमा (थापागाउँमा) ४६ जना, मैतिदेवी मा ७२ जना, चाबहिलमा ५०, ठमेल (अस्कल क्याम्पस आसपास) ५५, नयाँ बजारमा (चमती) ८१ जनाले राहत पाएका छन ।
प्रकाशित मिति : 07:43









