१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

पूर्वमन्त्री विश्वकर्मा सुरक्षा अधिकारी सहितको टोली लिएर सीमा क्षेत्रको स्थलगत निरीक्षणमा

७ वैशाख, लुम्बिनी । रुपन्देहीको सीमावर्ती क्षेत्रमा जनप्रतिनिधिले पैदलै हिँडेर सीमा निरीक्षण गरेका छन् । जिल्ला स्थित सुरक्षाका अधिकारीसहित पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर १ का संघीय सांसद छविलाल विश्वकर्मासहितको टोलीले आज अपराह्न रोहिणी गाउँपालिकाको सीमावर्ती क्षेत्रको निरीक्षण गरेको हो ।


सीमाको निरीक्षणपछि सोही क्षेत्रबाट प्रदेश नम्बर ५ मा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य दधिराम न्यौपानेले भन्नुभयो, “कोरानाको संक्रमण फैलिन नदिन सुरक्षाकर्मीले सीमामा अपनाएको सतर्कता प्रभावकारी नै देखियो ।” भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा सामान्य अवस्थामा भन्दा कडाइ गरेको छ । पूर्वमन्त्री विश्वकर्मासहितको जनप्रतिनिधिको टोलीले र गाउँपालिकाका किसानलाई समेत भेटी सामाजिक दूरी कायम गरेर पाकेको गहुंँ स्याहार्न आग्रह गरेको थियो । सो टोलीले धकधईस्थित क्वारेन्टाइनको पनि निरीक्षण गरेको थियो ।

प्रकाशित मिति : 17:39