२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

कैलालीका युवकले पनि कोरोना जितेर घर फर्किए

७ वैशाख, कैलाली ।  सेती अस्पतालमा उपचार गराइ राखेका कोरोना संक्रमित युवक निको भएका छन् । उनि अस्पताबाट आज डिस्चार्ज भएका छन् । पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका युवकको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन् ।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज  गरेको हाे । भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : April 19, 2020 at 5:18 pm